Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भ्रष्टाचार अन्त्य नभएसम्म कल्पना गरेजस्तो राष्ट्र बन्न कठिनः पूर्वमन्त्री शर्मा

सर्लाही, माघ २३ । पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले देशमा भ्रष्टाचार अन्त्य नभएसम्म नागरिकले कल्पना गरेजस्तो राष्ट्र बन्न नसक्ने बताएका छन् ।

सर्लाहीको हरिवनमा आयोजित हरिवन सफाइ कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले भ्रष्टाचारीको कुनै जात धर्म नहुनेसमेत बताए ।

उनले देशमा पटकपटक राज्यसत्ता परिवर्तन भए पनि अहिलेसम्म संस्कृति र संस्कार परिवर्तन नभएकाले वर्तमान सरकार परिवर्तन तिर लाग्नुपर्नेमा जोड दिए ।

पुरानै शैलीमा राज्यव्यवस्था सञ्चालन नहुने भएकाले अब तीनै तहको सरकारले योजना ल्याउँदा सबैभन्दा तल्लो समुदायको आर्थिक र सामाजिक विकास हुने नीति तथा कार्यक्रम ल्याउनु पर्ने नेता शर्माल बताए । उनले समृद्ध नेपाल, सुखी नेपाली सरकारको लक्ष्य भएकाले अब सरकार नागरिकको काममा लाग्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: