नेपाली लोकदोहोरी गीतको संरक्षण र विकास गर्र्दै आएको प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा गायिका सन्ध्या बुढामगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ‘आँशुले मुख धुन्छु मैले त’ गीतको भिडियो बजारमा आएको छ ।
आफ्ना प्रेमीले आफुलाई निकै पीडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन् । आफूलाई बेवास्ता गदैँ पराई ठानेकोमा गायिकाले आशु भारेकी छन । प्रेम रानामगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ ।
मुकेश हुमागाईंको छायाँकन, अविनास डिसीको सम्पादन, बबिता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ।’ ‘आँशुले मुख घुन्छु मैले त’ गीतमा बुद्धवीर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।
‘आँशुले मुख घुन्छु मैले त’ गीतको भिडियो हेर्नुहोस्–