Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिन्धुलीको फिक्कलमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुली, माघ २४ । सिन्धुलीको फिक्कलमा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

फिक्कलबाट सदरमुकाम सिन्धुलीमाढी आउदै गरेको बा.१५.प ९४२२ नम्बर नखुलेको जीप फिक्कल २ सुम्नाममा दुर्घटना भएको थियो । सोही जीपमा सवार चण्डिका माविका प्रधानाध्यापक पृथ्वीबहादुर कार्की र स्थानीय कमल थापाका अनुसार चार जनाको घटनास्थमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा कुन्तमान तामाङ, शान्तामाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण अझै खुलेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: