बेलकोटगढी नगरपालिकाको दश करोड पूरक बजेट

बेत्रावती, माघ २४ । नुवाकोट बेलकोटगढी नगरपालिकाले रु दश करोड पूरक बजेट विनियोजन गरेको छ । बुधबारको चौथो नगरसभाले नगरपालिकाभित्र अति आवश्यक योजना सञ्चालनका लागि रु दश करोड २९ लाख ९६ हजार पूरक बजेट स्वीकृत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं १३ का वडाध्यक्ष पशुपति लोहनीले जानकारी दिए ।

याे पनि पढ्नुस  महतकै कारण घट्यो नुवाकोटमा घटना

उहाँका अनुसार विनियोजन गरिएको बजेटमा सडक विस्तार तथा स्तरोन्नति, खानेपानी योजना सञ्चालन, विभिन्न ५ वटा वडा कार्यालयको भवन निर्माण र लक्षित क्षेत्रका लागि थप रकम विनियोजन गरिएको छ ।

नगरसभाले आर्थिक ऐन २०७५ मा संशोधन गर्ने ऐन २०७५, विनियोजन ऐन २०७५ मा संशोधन गर्न बनेको ऐन, २०७५ र घर निर्माण आचारसंहितासम्बन्धी ऐन २०७५ लाई सर्वसम्मत रुपमा पारित गरेको उपप्रमुख कविता ढुङ्गानाले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्