मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री !

मनाङ, माघ २४ । मौसममा आएको आकस्मिक परिवर्तनसँगै देशका उच्च हिमाली भेगमा फेरि हिमपात सुरु भएको छन् । यसैबीच, मनाङमा पनि वर्षासँगै पुनः हिमपात भएको छ ।

हिमपातसँगै यहाँको जनजीवन प्रभावित भएको छ । बुधबार साझदेखि निरन्तर हिमपात भएको हो । मनाङको तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ ।

याे पनि पढ्नुस  कुन जिल्लामा कति मतदाता थपिए, मोरङमा सबैभन्दा बढी (सूचीसहित)

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने ‘मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा वर्षासँगै बाक्लो हिमपात भएको छ । तापक्रम माइनस २० डिग्री पुगेको छ भने तल्लो भेग चामे, तिमाङ, दानक्यु र वगरछापमा तापक्रम माइनस १५ डिग्री पुगेको छ ।’

याे पनि पढ्नुस  आन्तरिक पर्यटक मनाङ भित्रिए

वर्षासँगै भएको हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ,’ सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी निलकमल आचार्यले भने । उनका अनुसार चिसोका कारण मानिसको चहपहल घटेको छ ।

 

कमेन्ट गर्नुहोस्