Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० मा पहिलो पटक यसरी चुटिए भुवनेश्वर, हेर्नुस् भारतको अर्को खराब रेकर्ड

काठमाडौं, माघ २४ । न्यूजिल्याण्ड विरुद्धको तीन टी–२० सिरिज अन्तर्गत बुधबार भएको खेलमा भारतले इतिहासकै खराब प्रदर्शन गर्यो ।

पहिलो खेलमा न्यूजिल्याण्डसँग ८० रनले पराजित भएपछि अहिले भारतीय टोलीको व्यापक चर्चा भइरहेको छ । अहिलेसम्म भारतले यति फराकिलो हार बेहोरेको थिएन ।

हिजो (बुधबार) टस जितेर बलिङ रोजेको भारतका बलर न्यूजिल्याण्डका ब्याट्सम्यानले पिट्नुसम्म पिटे । बलरसँगै भारतीय ब्याट्सम्यान नचलेपछि भारतले लज्जासपद हार बेहोर्नुपर्यो । विलिङ्टनमा भएको सिरिजको पहिलो खेल हार्नुको कारण बलर भवनेश्वर कुमार पनि बने । उनी यो खेलमा निकै महंगा सावित भए ।

भवनेश्वरको करियरकै खराब बलिङ
भुवनेश्वरले ४ ओभरमा ११.७५ को इकोनमी रेटमा ४७ रन दिए । यो उनको करियरकै खराब प्रदर्शन हो । यसअघि २०१२ मा भुवनेश्वरले पाकिस्तानसँग भएको खेलमा ४६ र इंग्लायण्ड विरुद्ध एकै खेलमा ४५ रन खर्चिएका थिए  ।

दोस्रो पटक ३५ माथि रन खर्च
भारतीय पाँच बलरले दोस्रो पटक फेरि ३५ भन्दा बढी रच खर्चिएका छन् । बुधबार न्युजिल्याण्ड विरुद्धको खेलमा खलील अहमद (४८), क्रुणाल पाण्ड्या (३७), हार्दिक पाण्ड्या (५१), युजवेन्द्र चहल (३५) र भवनेश्वर कुमारले ४७ रन खर्च गरे ।

यसअघि, २०१६ मा वेस्टइन्डिज विरुद्धको खेलमा भारतीय प्रत्येक बलरले ३५ बढी रन दिएका थिए । यो खेलमा वेस्टइन्डिजले २४५ विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतले न्यूजिल्याण्ड विरुद्धको दोस्रो टी–२० भोलि (शुक्रबार) खेल्दै छ । यदि भारतले भोलिको खेल हारेमा सिरिज गुमाउने छ । सिरिजमा न्यूजिल्याण्ड १–० ले अगाडि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: