मेलम्ची आयोजनाको ठेकेदार भाग्न खोजे सरकार चुप लाग्दैनः मन्त्री बाँस्कोटा

काठमाडौं, माघ २४ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी भाग्न खोजे सरकार चुप लागेर नबस्ने बताएका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार मन्त्री बाँस्कोटाले मेलम्ची खानेपानी योजनालाई पूरा गर्न सरकार तत्पर रहेको र त्यसका लागि आवश्यक काम भइरहेको बताएका हुन्।

याे पनि पढ्नुस  कानुनको डण्डा चलाएर भए पनि निर्माण व्यवसायीलाई पुनःनिर्माणको प्रक्रियामा ल्याउँछौंः सञ्चारमन्त्री

मेलम्ची खानेपानीको ठेकेदार कम्पनी सिएमसीले आयोजना बीचमै छोडेर जान लागेको छ। यसै बारेमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री बाँस्कोटाले यो परियोजना देश र काठमाडौं उपत्यकाका लागि महत्वपूर्ण भएकाले सरकार चुप लागेर नबस्ने बताए ।

मन्त्री बाँस्कोटाले मेलम्ची खानेपानी परियोजनाको समस्या समाधान गर्न सरकारले ठेकेदार कम्पनीसँग अझै पनि छलफल गरिरहेको बताए। उनले सिएमसीले पूरा गर्नुपर्ने कामपूरा गर्नैपर्ने बताए। दायित्वको काम पूरा नगर्ने कम्पनीविरुद्ध सम्झौताअनुसार सरकार अगाडि बढ्ने मन्त्री बाँस्कोटाको भनाइ थियो।

कमेन्ट गर्नुहोस्