सुरक्षाकर्मीसँगको भिडन्तमा १० माओवादीको मृत्यु

एजेन्सी । भारत छत्तीसगढको बीजापुर जिल्लामा सुरक्षाकर्मी र माओवादीबीच भएको दोहोरो भिडन्तमा १० जना माओवादीको मृत्यु भएको छ। सुरक्षाकर्मीले ठूलो संख्यामा हतियार समेत बरामद गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

गस्ती गएको सुरक्षाबलको टोली जंगलमा रहेको माओवादीको तालिम स्थलमा पुगेपछि उक्त भिडन्त भएको बताइएको छ। भिडन्त बिहिबार बिहान ११ बजेतिर भएको थियो।

कमेन्ट गर्नुहोस्