Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज पनि बादल र वर्षा, आइतबारबाट सुधार आउने

काठमाडौँ, माघ २५ गते । काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीका अनुसार, आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना छ ।

पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको शाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र उच्च पहाडी तथा हिमाली भेगको एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

आज शुक्रबार भने केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यसैगरी, शनिवार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली हुनुका साथै मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शनिवार राति देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशको पश्चिमी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: