तीन राजदूतले लिए शपथ

काठमाडौं, माघ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्र सङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी पोल्याण्ड भ्रमणमा जाने

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराए । त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्