Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शुक्रबार बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं, माघ २५ । साताको अन्तिम दिन अर्थात शुक्रबारको दिन नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

बिहीबार बजारमा सुन तोलामा ६२ हजार रुपैयाँमा कारोबारमा भएको थियो भने शुक्रबार बढेर सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुन तोलामा ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।

बिहीबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: