Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इङ्ल्याण्डसँग भिड्न वेस्टइण्डिजद्वारा टोली घोषणा, लामो समयपछि क्रिस गेल टिममा

काठमाडौं, माघ २४ । वेस्टइण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।

इंगल्याण्डसँग हुने एक दिवसीय खेलका लागि गेल टोलीमा फर्किएका हुन् । उनलाई इंगल्याण्डविरूद्ध हुने पहिलो दुई एक दिवसीयका लागि टोलीमा राखिएको हो।

अहिले घरेलु टोली उत्कृष्ट प्रदर्शन गर्दै इंगल्याण्डविरूद्धको ३ खेलको टेस्ट सिरिज २-० ले अगाडि छ। गेलसँगै विकेटकीपर निकोलस पुरन पनि टिममा परेका छन्।

वानडे सिरीजको सुरूवात आगामी २० फेब्रुअरीदेखि हुनेछ। छनोटकर्ताका अध्यक्ष कोर्टनी ब्राउनले दुई खेलाडीको पुनरागमनबाट टोली बलियो हुने दाबी गरेका छन्।

वेस्टइण्डिज टोलीः जासन होल्डर (कप्तान), फाबियन एलेन, देवेन्द्र बिशू, डारेन ब्रावो, क्रिस गेल, शिमरोन हेटमेयर, शाई होप, ईभिन लेविस, एशले नर्स, कीमो पौल, निकोलास पुरन, रोवम्यान पोवेल, केमार रोच, ओशाने थोमस।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: