Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीबीएलः सन्दीपको टोलीद्वारा १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, माघ २५ । अष्ट्रेलियामा भइरहेको बिग ब्यास लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले ब्रेसबर्न हिटलाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मेबर्नले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।

उसका लागि मार्कस स्टोइनसले सर्बाधिक ८१, बेन डुकले १४, निक म्याडिसनले १२, सेब गचले ११ र डिजे ब्राबोले २० रन बनाउँदा अन्यले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङमा ब्रेसबर्न हिटका मिचेल स्वेपसन, म्याट रेन्स, ज्याक प्रेस्टविइचले समान एकएक र जोस लालोरले ३ विकेट लिए ।

बंगलादेश प्रिमियर लिग र यूएई विरुद्धको अन्तराष्ट्रिय सिरिज खेलेर बिग ब्याशमा पुगेका सन्दीप आज प्लेइङ ११ मा परेका छन् भने उनकाे टाेलीले बलिङ पनि सुरु गरिसकेकाे छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: