Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीपीएल फाइनलः अफ्रिदीको टोलीले दियो २०० रनको विशाल लक्ष्य [LIVE]

काठमाडौं, माघ २५ । बंगलादेश प्रिमियर लिग (बीपीएल) को फाइनलमा चर्चित क्रिकेटर शाहिद अफ्रिदी आवद्ध कोमिल्ला भिक्टोरियन्सले ढाका डाइनामाइट्सलाई २०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोमिल्लाका लागि तमिम इक्बालले नट आउट १४१ रन प्रहार गरे । उनले ११ छक्का र १० चौकाको मद्दतमा सो रन बनाएका हुन् । यस्तै, इमाउल अगले २४ र कप्तान इमरुल काइस (नटआउट) ले १७ रन बनाए ।

ढाकाको नेतृत्व शाकिव अल हसनले गरिरहेका छन् । उनी बाहेक ढाकामा सुनिल नारायण, रोकिन तालुकदार, उपल थरंगा, किरण पोलार्ड, आन्द्र रसल, रुबेल हुसेन लगायत नाम चलेका खेलाडी छन् । यस्तै, कोमील्लामा इमरुल काइस (कप्तान), शाहिद अफ्रीदी, इभन लुईस, तमिम इगबल, थिसरा परेरा, मेहदी हसन जस्ता स्टार खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: