Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बंगलादेशसँग सिरिज खेल्न न्यूजिल्याण्डद्वारा टोली घोषणा, टिममा हुने छन् यी स्टार

काठमाडौं, माघ २६ । न्यूजिल्याण्ड क्रिकेट टोलीका ओपनर पार्टिल गप्टिल बंगलादेश विरुद्ध हुने तीन एकदिवसीय सिरिजमा फर्किएका छन् । चोटका कारण भारतसँग भइरहेको टी–२० सिरिजमा खेल्न नपाएका पार्टिल बंगलादेशसँगको वान्डेमा भने खेल्ने पक्का भएको हो । क्रिकइन्फोका अनुसार स्पिनर इश सोधी र डग ब्रेसवेल वंगलदेशसँगको वान्डे सिरिजमा हुने छैनन् । यस्तै, न्यूजिल्याण्ड टोली चयनकर्ताले कोलिन मुनरोलाई सिरिजको अन्तिम खेलमा मात्र अवसर दिएको छ ।

अन्तिम खेलमा मुनरो कप्तान केन विलियमसनको स्थानमा खेल्ने छन् । तेस्रो खेलमा टम लथामले टोलीको नेतृत्व गर्ने मौका पाउने छन् । सिरिजको पहिलो खेल १३ फेब्रुअरीमा हुनेछ ।

न्यूजिल्याण्ड टोलीः केन विलियमसन (कप्तान), ट्रड एस्टल, ट्रन्ट बोल्ट, कोलिन ग्रेण्डहोम, लक्की फग्र्युसन, मार्टिल गप्टिल, म्याट हेनरी, टम लथम, कोलिन मुन्द्रो, जिमी नीशाम, हेनरी निकोल्स, रस टेलर, मिचेल सेट्नर, टिम साउथी

बगंलादेश टोलीः मसरुफ मुर्तुजा, लिटन दास, महुम्मदुल्लाह, मेहदी हसन मिराज, मोहम्मद मिथुन, मोहम्मद सैफउद्दिन, मुशफिकुर रहमान, मुस्ताफिजुर रहमान, नेइम हसन, रुबेल हुसेन, सब्बीर रहमान, साइफुल इश्लाम, शाकिव अल हसन, सौम्य सरकार, तमिम इग्बाल

कमेन्ट गर्नुहोस्

%d bloggers like this: