Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उडिरहेको जहाजको ढोका अकस्मात खुलेपछि इमर्जेन्सी अवतरण

काठमाडौं, माघ २६ । उडिरहेको जहाजको ढोका अचानक खुलेपछि आकस्मिक अवतरण गरिएको छ । भारतको पन्तनगर एयरपोर्टबाट पिथौरागढतर्फ गइरहेको ९ सीटर यात्रु विमानको आकस्मिक अवतरण गरिएको हो ।

जहाजले उडान भरेको केही समयपछि एकाएक ढोका खुलेपछि पन्तनगर एयरपोर्टमा नै आकस्मिक ल्याण्डिङ गरिएको थियो । विमानमा ३ महिलासहित ९ जना यात्रु रहेका थिए ।

जहाज आकस्मिकरुपमा अवतरण भएपछि सडकको बाटोबाट यात्रुहरु पिथौरागढ गएको अमरउजालाले जनाएको छ । जहाजको ढोका खुलेपछि यात्रुहरु रुन थालेको एक यात्री पंकज चन्दले बताए ।

जहाज कम्पनीका म्यानेजर मोहित नेगीले भने ढोका नखुलेको बरु प्राविधिक खराबी भएपछि आकस्मिक अवतरण गरिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: