Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफ्नै छोरीलगायत बलात्कारका १९३ घटनामा प्रहरीले खोज्दै आएको व्यक्ति कानुनको फन्दामा

मनिला । बलात्कारका एक सय ९३ घटनामा प्रहरीले खोजी गर्दै आएको एक व्यक्ति अन्ततः प्रहरीको कब्जामा पर्न सफल भएको छ । प्रहरीले एउटा छापा मार्ने क्रममा उक्त व्यक्तिलाई पक्रिन सफल भएको हो । पक्राऊ परेको व्यक्तिबाट कैयन आपत्तीजनक सामग्री पाइएको समेत प्रहरीले जनाएको छ ।

घटना फिलिपिन्सको हो । यहाँको अपराधिक जाँच समूहका अनुसार राजधानी मनिलामा एकजना व्यक्तिलाई १ सय ९३ वटा बलात्कारको घटनामा खोजी भइरहेको बेला अन्ततः पक्रिन सफल भएको हो । शनिबार बिहान उक्त व्यक्तिलाई पमपंगा भन्ने स्थानबाट हिरासतमा लिइएको थियो । अधिकारीहरुले संदिग्ध व्यक्तिको पहिचान ३६ वर्षीय एन्थोनी नोपितका रुपमा गरेको छ । उक्त व्यक्ति पछिल्लो दुईवर्षदेखि लुकेको जनाइन्छ ।

आरोपि व्यक्तिमाथि आफ्नै छोरीमाथि समेत यौन शोषण गरेको आरोप छ । २७ मार्च २०१७ मा क्षेत्रीय अदालतको आदेशबाट उक्त व्यक्तिका नाममा सर्च वारेन्ट जारी भएको थियो । सुनसान क्षेत्रमा युवतीहरुलाई पक्रेर बलात्कार गर्दै आएका ती व्यक्तिले आफ्नै १७ वर्षीय छोरीमाथि समेत बलात्का गरेको आरोप छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: