Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीबीएलः मेलबर्न सेमिफाइनलमा प्रवेश, सन्दीपले लिए ३ विकेट

काठमाडौं, माघ २८ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्स अष्ट्रेलियमा जारी बिग ब्यास लिग (बीबीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । आज सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै मेलबर्न बीबीएलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको सन्दीपको टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि सर्बाधिक कप्तान ग्लेन म्याक्सवलले ८२, पिटर ह्यान्सकम्बले ३५, मार्कस स्टोनिसले ३४, निक म्याठसनले १३ रन प्रहार गरे । बलिङमा सिड्नीका टोम कुरनले २, सीन अब्बोट र स्टीव ओ कीफेले समान एकएक विकेट लिए ।

१६९ रनको लक्ष्य पाएको सिड्नीले १३.४ ओभरका सबै विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो । बलिङमा मेबलर्नका सन्दीप लामिछानेले ३, एडम जाम्मा, डिजे वारेलले दुईदुई, ग्लेन म्याक्सवेल र जेएम बर्डले समान एकएक विकेट लिए ।

कस्तो रह्यो सन्दीपको ओभर ?

लिगको अन्तिम खेलमा सिड्नी सिक्सर्सविरूद्ध सन्दीपले ३ विकेट लिने क्रममा ११ रन खर्चिए। आठौं विकेट लिने क्रममा १२औं ओभरको चौथो बलमा बेन ड्वारस्वीसलाई कप्तान ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट गराए।

यसअघि आफ्नो पहिलो ओभरमा टोलीका लागि छैठौं विकेट लिने क्रममा ओभरको पाँचौ बलमा टोम कुरानलाई एलबिडब्लुको धरापमा पारेका थिए।

आठौं ओभरमा सन्दीपले १ रन खर्चिएर १ विकेट लिएका थिए भने। व्यक्तिगत दोस्रो ओभरमा ६ रन खर्चिएर कुनै विकेट लिएनन्। तेस्रो ओभरमा १ रन खर्चिएर १ विकेट लिए।

यो सँगै सन्दीपले बिबिएलमा आफ्नो छैठौं खेलबाट १० विकेट लिएका हुन्। सुरूवाती चार खेलमा ८ विकेट लिएका सन्दीपले पाँचौ खेलमा कुनै विकेट लिएनन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: