Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वृद्धभत्ता ५ हजार दिनबाट सरकार हच्किएको छैनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, माघ २७ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धता सरकारले नबिर्सेको बताएका छन् ।

उनले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने दाबी गरे ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले सुरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अव मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे। उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यही फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गर्न लागेको जानकारी पनि दिए।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी पनि गरे।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: