Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गाडी खरिदमा अनियमितता ठहर

बुटवल,माघ २७ । प्रदेश नम्बर पाँचमा खरिद गरिएका गाडीमा अनियमितता भएको ठहर भएको छ ।

सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकले प्रदेश नं. ५ प्रदेश सचिवालय र प्रदेशसभाले खरिद गरेका सवारी साधनमा लाखौ रुपैयाँ अनियमिता भएको सार्वजनिक ठहर गरेको हो ।

लेखा समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिँदै टाटा गाडी बिक्री गर्ने सिप्रदी र स्थानीय एजेण्टले अत्याधिक नाफा खाएको र उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न निर्देशन दिएको छ ।

समितिले माघ २९ गते बस्ने प्रदेशसभा बैठकमा प्रतिबेदन प्रस्तुत गर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: