Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इश्वर पोखरेलपछि विष्णु पौडेलको टिप्पणी– सरकारबारे प्रचण्डले चिन्ता गर्न आवश्यक छैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले भेनेजुएलाका बारे सचिवालयले जारी गरेको वक्तब्य दुवै अध्यक्षको सहमतिमा जारी भएको जानकार दिए । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २० औं साधारणसभा एवंम १० औं अधिवेशनको शनिबार रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले भेनेजुएला प्रकरण बारे पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे ।

पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले पार्टी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताए । यद्यपि सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने उनले बताए ।

त्यस अवसरमा तिलोत्तमा नगरपालिका,५ निबासी ५६ वर्षीय श्रमिक महिला उमाकला विकलाई २० वर्षदेखि परम्परागत आरन पेशा गर्दै आएको भन्दै नगद आठ हजारसहित सम्मान गरिएको थियो । त्यसैगरी पुर्वअध्यक्षहरु भरतराज भुसाल, अर्जुन ज्ञवाली, शशिधर पौडेल, कृष्णप्रसाद नेपाल, डिआर घिमिरे, लक्ष्मण ज्ञवाली र कृष्णप्रसाद अर्याललाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

अधिवेशनबाट दुजेन्द्र बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा दुर्गाप्रसाद पाण्डे, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, सञ्चालक सदस्यहरुमा इन्द्रबहादुर सुनार, रामबहादुर बस्नेत, शारदा अर्जेल, रामचन्द्र पाण्डे, विष्णु प्रसाद पाण्डे, लोकनाथ पाण्डे, रामप्रसाद ढकाल, दिनेश रायमाझी, केशवराज गौतम उपाध्याय, टंकप्रसाद पाण्डे, देवी वाग्ले र मधुकला कुँवर चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे र सदस्यद्वयमा इश्वरी शर्मा र त्रिलोचन ज्ञवाली रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: