Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत पकिस्तान युद्धको अवस्थामा, पाकिस्तानी नेता शाहबाज सरिफले मोदीलाई भने ‘सानो सोचको मान्छे !’

काठमाडौँ, फागुन १४ । पकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सेनालाई हरेक परिस्थितिका लागि तैयार रहन निर्देशन दिएका छन् । मङ्गलबार बिहानै भारतीय वायुसेनाले नियन्त्रण रेखा पार गरेर पाकिस्तानी सीमाभित्र आक्रमण गरेपछि सुरक्षा बहस सुरु भएको छ ।

भारतले यो आक्रमण जैश-ए-मोहम्मद चरमपन्थी संगठनका शिविरहरूलाई लक्षित गरेर गरिएको र यसमा कम्तीमा पनि साढे तीनसय जैशका लडाकु मारिएको दाबी गरिएको छ ।

भारतीय मिडियाले आक्रमणमा जैश-ए-मुहम्मदका प्रमुख मौलाना मसूद अजहरका साला युसुफ अजहर समेत मारिएको समाचार प्रसारित गरिरहेको छ ।

उक्त आक्रमण १२ वटा मिराज-२००० बमवर्षक विमान प्रयोग भएको जनाइएको छ ।

उता पाकिस्तानले पनि भारतकोतर्फबाट आक्रमण भएको स्वीकार गरेको छ । तर उसले यस आक्रमणमा कुनै पनि हताहति भएको स्वीकार गरेको छैन ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् – मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ ।

उनले ट्वीटमा भनेका छन्, “भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।”

पाकिस्तानमा बदलाको आवाज

पाकिस्तानको संसदमा सरकारले यस आक्रमणको बदला लिनुपर्ने आवाज उठेको छ । पाकिस्तानी सांसदहरूले भारतीय प्रधानमन्त्री मोदीले आफू केही राज्यहरूमा हार व्यहोरेकोले उनले जनताको ध्यान मोड्न जबर्जस्ती युद्ध थोप्न खोजेको बताएका छन् ।

अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खान राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएको बताइन्छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैसीले आफूले शान्तिको अपेक्षा गरेको भएपनि भारत क्षेत्रीय सन्तुनल बिगार्न उद्यत रहेको आरोप लगाएका छन् ।

उनले पाकिस्तानसँग यस कारवाहीको बदला लिने अधिकार सुरक्षित रहेको बताएका छन् ।

पाकिस्तानको राष्ट्रिय सभा सदस्य एवं पूर्वमन्त्री सय्यद खुर्शिद अहमद शाहले भारत पाकिस्तानको सीमामा ४० किलोमिटरभित्र आएको जवाफ पाकिस्तानले उसको ८० किलोमिटर क्षेत्रभित्र आक्रमण गरेर दिनुपर्ने बताए ।

त्यस्तै पाकिस्तानको सत्तासीन दल तहरीक-ए-इन्साफका वरिष्ठ नेता फखर इमामले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सानो सोच भएको मानिस भएको आरोप समेत लगाएका छन् ।

त्यहाँको प्रतिपक्षी दलका नेता शाहबाज सरीफले भारतले दक्षिण एसियाको शान्ति भंग गर्न खोजेको र यदि भारतले जबर्जस्ती युद्ध थोपर्न खोजे नयाँ दिल्लीमा पाकिस्तानी झण्डा फहराइने समेत बताए ।

गत १४ फरवरीमा कश्मीरको पुलवामा क्षेत्रमा भएको आत्मघाती आक्रमणमा ४० बढी सुरक्षाकर्मीको मृत्यु भएयता भारतमा यस घटनामा पकिस्तानको हात भएको र भारतले उक्त घटनाको बदला लिनुपर्ने आवाज उठ्दै आएको छ ।

भारत र पकिस्तान दक्षिण एसियाका चिर प्रतिद्वन्दी हुन् । दुबै देशबीच बितेको सात दशकमा तीन पटक युद्ध भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: