Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्रीसँग सल्लाह भइसक्यो, अब विकासको गतिले तिव्रता पाउँछः प्रचण्ड

काठमाडौं, फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विकासको गतिलाई तिव्रता दिनका लागि सचिवालयमा प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको बताएका छन् । गोरखामा आयोजित वडा कार्यालय हस्तान्तरण तथा शहिद परिवार सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उक्त विषयमा प्रधानमन्त्री स्वंय र पार्टीलाई अवगत भएको भन्दै सरकारले विकास निर्माणका कामलाई गति लिनपर्ने बताए । बुढीगण्डकी परियोजनालाई अघि बढाउन आफैं प्रधानमन्त्री भएको बेलामा चिनियाँ कम्पनीलवाई एमओयू गरेको तर सरकार फेरिने बित्तिकै के हो जस्तो भएको उल्लेख गरे । उनले बुढीगण्डकीको काम अघि बढेको र मुआब्जा वितरणको काम भइरहेको बताए । ‘हाम्रो पार्टीले बुढीगण्डकीलाई अघि बढाउँछ । त्यसमा तपाँईहरु ढुक्क हुनुस् ।’ उनले भने ।

अध्यक्ष प्रचण्डले आगामी १० वर्षमा नेपाललाई मध्यमस्तरिय विकासको सूचिमा रहेको देशको रुपमा राख्न सकिने बताए । ‘अब हामी पार्टी एकता गर्नैपर्छ भनेर केपी ओली र मैले छलफल गरेका थियौं । हामी दुवैले जित्यौं पनि र हार्यौ पनि ।’ उनले भने, ‘हामी मिलेर जाँदा जनता एक हुन्छ भन्ने भएर पनि हामी एकवद्ध भएका छौं ।’

गोरखाली जनताप्रति आफ्नो राजनीतिक, भावनात्मक भावना एकता भएको भन्दै उनले गोरखाली जनता विवेकशील भएको पनि बताए । ‘अब गोरखामा नेतृत्वको समस्या पनि सकिएको छ । पहिले चाँही बाबुराम हो की, नारायणकाजी हो की के हो भन्ने थियो । अब गोरखाको एक नम्बरको नेताको रुपमा नारायणकाजी नै हो ।’ अध्यक्ष प्रचण्डले फागुन १४ को दिनलाई स्मरण गर्दै सम्पूर्ण शहिद तथा वेपत्ता परिवारको परिचय पत्रसहित क्षतिपूर्ति दिने बाचा गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: