Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राँगोको आक्रमणमा परी घाइते सुब्बाको उपचारको क्रममा मृत्यु

काठमाडौं, फागुन १५ । राँगोको आक्रमणमा परी घाईते भएका एकको मृत्यु भएको छ ।

चन्द्रागिरी नपा ९ मच्छेगाउँस्थित भाग्दै आउँदै गरेको राँगोको आक्रमणमा परी चन्द्रागिरि नगरपालिमा कार्यरत नायब सुब्बाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका ५ महादेवस्थान बस्ने वर्ष ५२को कान्छा श्रेष्ठ रहेका छन् । नायव सुब्बा श्रेष्ठको राँगोको आक्रमण पश्चात त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

घाइतेमध्ये चन्द्रागिरि नपा ४ त्रिभुवन पार्क बस्ने वर्ष ४५ की देवी राना र चन्द्रागिरि नगरपालिकका ९ मच्छेगाउँका वर्ष ८० को मानकाजी महर्जन उपचारपश्चात डिस्चार्ज भई घर गईसकेका छन् । राँगोको अक्रमणमा प्रहरी हवल्दार सहित आधा दर्जन घाइते भएका थिए ।

राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको थियो । आक्रमक राँगोलाई थप क्षति हुनबाट बचाउन आक्रमक राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: