ईनारमा खसेर एक युवको मुत्यु

काठमाडौं, फागुन १५ । इनारमा खसेर एक युवकको घटना स्थलमै मृत्यु भएको छ ।

राजधानीको चन्द्रागिरि १४ आदर्श नगरटोल ढुङगेअड्डा निमार्णाधीन घरनजिकै रहेको बन्दै गरेको नयाँ इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरिक्षक शकंर खड्काले मृत्यु हुनेमा उदयपुर जिल्ला कापली गाउँपालिका ३ घर भई चन्द्रागिरि १४ वस्ने वर्ष २१ को समरबहादुर तामाङ रहेको बताए।

याे पनि पढ्नुस  आगलागीमा परी कुवेतमा तीन नेपाली कामदारको मृत्यु

तामाङले इनारमा छोपिराखेको प्लाई झिक्ने क्रममा खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्