Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

६ वर्षदेखि फरार अभियुक्त पक्राउ

ताप्लेजुङ, फागुन १५ । कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् । वि.सं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए ।

सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकामा बालिकाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई छ महीनापछि सोही घाउचोटकै कारण मृत्यु भएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा परिणत भएको थियो । केदेमलाई लुकीछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: