Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत–पाकिस्तान तनावः नेपालको उडान प्रभावित

काठमाडौं, फागुन १५ । भारत र पाकिस्तानबीच बढिरहेको तनावका कारण नेपालको त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो ।

पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: