हेलिकप्टर दुर्घटनाः मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुघर्टना भएको खबर सार्वजनिक भए लगत्तै प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आकस्मिक रुपमा बालुवाटार बोलाउनुभएको हो ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताए ।

याे पनि पढ्नुस  यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णय

हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी सहित, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी थापाले जानकारी दिए । दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।

कमेन्ट गर्नुहोस्