‘अन्तिम पटक पाइलटले बाक्लो हिउँ परेको जानकारी गराएका थिए’

काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ । बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले अनुमान गरेको छ ।

याे पनि पढ्नुस  खोटाङ ट्याक्टर दुर्घटनाः तीनको मृत्यु, एकजना गम्भीर घाइते

विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो ।’ दुर्घटनामा ज्यान गुमाएकाको शव ल्याउनको लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको पनि उनले जानकारी दिए।

दुर्घटनामा को–को परे ?
रविन्द्र अधिकारीः मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

याे पनि पढ्नुस  चितवनमा ट्याङकर र भ्यान ठोक्किएः २ जनाको मृत्यु, ७ जना घाइते

आङछिरिङ शेर्पाः अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरेः मन्त्री अधिकारीका पिएसाे

युवराज दाहालः प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभयाः इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेनः प्रभाकर केसी

कमेन्ट गर्नुहोस्