Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत-पाकिस्तान तनावबारे यस्तो आयो नेपालको धारणा

काठमाडौँ, फागुन १५ । नेपालले भारत र पाकिस्तानबीच जारी तनावबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हरेक समस्याको न्तिपूर्ण समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । बिज्ञप्तिमा सार्कको अध्यक्षका रूपमा नेपालले यस क्षेत्रको शान्ति स्थिरताको लागि दुबै पक्षले अत्यधिक संयम राख्न समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा २ फागुनमा जम्मू काश्मिरको पुलवामामा भएको आतंककारी हमलाको निन्दा गरेको स्मरण गराइएको छ । परराष्ट्रले बिज्ञप्तिमा भनेको छ ‘दक्षिण एसियामा शान्ति र स्थिरताको महत्वलाई ध्यानमा राख्दै सार्कको बर्तमान अध्यक्षका रूपमा नेपाल दुबैपक्षलाई यो क्षेत्रको शान्ती र सुरक्षालाई चुनौती दिने कुनै एक्सनमा सामेल नहुन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ ।’ नेपालले परिस्थितिलाई सामान्यिकरण गर्न र तनाव घटाउन शान्तिपूर्ण सम्बाद मार्फत समाधान खोज्न पनि आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: