Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीएसएलः पहिलो ओभरमै सन्दीपले लिए विकेट ! (LIVE)

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लेडियेटर्सविरुद्धको खेलमा पनि विकेट लिन सफल भएका छन् । उनले आफ्नो पहिलो ओभरमै बिस्फोटक ब्याट्सम्यान सेन वाट्सनलाई आउट गर्न सफल भए । सन्दीपले पहिलो ओभरमा ३ रन मात्र खर्चिए ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

लाहोरले टस जितेर बलिङ रोजेको छ । पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका सन्दीप आज पनि टिममा अटाएका छन् ।

ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ ।

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

कमेन्ट गर्नुहोस्

%d bloggers like this: