अपडेट: मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भइसकेको पुष्टि

काठमाडौँ, फागुन १५ । नेपाल प्रहरीले फुङलिङ नगरपालिका-१० सिमखोलास्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर बुधबार दिउसो दुर्घटना हुँदा हेलिकोप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको पुष्टि गरेको छ ।

नेपाल प्रहरीको फेसबुक पेजमा दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सोही प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको जनाइएको हो ।

याे पनि पढ्नुस  पर्यटनमन्त्री अधिकारीको भिसा बेलायती दूतावास भित्रै च्यातियो !

प्रहरीले तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा उक्त भिरमा हेलिकोप्टर ठोक्किन गई दुर्घटना भएको जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र अस्थायी प्रहरी चौकी माथिल्लोफेदी समेतबाट तत्काल प्रहरी टोली खटि गई उद्दार कार्य गरिरहेको प्रहरीले जनाएको छ । हेलिकोप्टर जलेर नष्ट भएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट पूर्व उत्तरतर्फ करिब ३ घण्टाको पैदल दुरीमा रहेको छ ।

याे पनि पढ्नुस  नेकपाले चुनावमा गरेका प्रतिबद्धता पूरा गरेरै छोड्छौंः मन्त्री अधिकारी

काठमाडौंबाट नेपाली सेनाको २, सिम्रिक एयरको १ र डाइनेष्टिक एयरको १ हेलिकोप्टर घटनास्थल गई थप उद्दार कार्य भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस अघि प्रहरीले आफ्नो अधिकारिक ट्विटर ह्याण्डलमार्फत्  तारेढुङ्गा भीरबाट हालसम्म ७ जनाको शव बरामद गरिएको नेपाल प्रहरीले जनाएको थियो ।

नेकपाका महासचिव विष्णु पौडेलले उक्त दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको पुष्टि गरेका छन् ।

याे पनि पढ्नुस  पर्यटनमन्त्रीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटनन्मत्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर उडेको एक मिनेटमै दुर्घटनामा परेको बताएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्