पीएसएलः सन्दीपले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए !

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत लाहोर कलन्दर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लेडियेटर्सविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिएका छन् ।

याे पनि पढ्नुस  पीएसएलः लाहोर ब्याटिङ गर्दै, अन्तिम खेलमा को–कोले पाए मौका?

सन्दीपले पहिलो ओभरमा शेन वाट्सन, दोस्रो ओभरमा रिले रोस्वो, उमर अकमल र तेस्रो ओभरमा डानिस आजिजलाई आउट गर्न सफल भए । उनले अन्तिम ओभरमा मात्र विकेट लिन सकेनन् ।

सन्दीपले आजको खेलसँगै पीएसएलमा ८ विकेट लिइसकेका छन् । सन्दीपले पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका थिए  ।ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ ।

याे पनि पढ्नुस  आइपीएलः सन्दीपसँग दिल्लीको यस्तो ‘र्‍यापिड फायर’

लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

कमेन्ट गर्नुहोस्