Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः ४ जनाको शव फुङलिङ ल्याइयो

काठमाडौं, फागुन १५ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा गुमाउनेको शव बिहीबारमात्र काठमाडौं ल्याइने भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले ७ मध्ये ४ वटा शव सुकेटार ल्याइएको बताए । उनले भने, ‘हेलिकप्टरबाट लिफ्ट गरेर ४ वटा शव सुकेटार विमानस्थल ल्यायौँ । हिउँ परेर अरु तीनवटा शव दुर्घटनास्थलमै छन् ।’

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । उनीहरुलाई बाँकी शव पनि बोकेरै भए पनि ल्याउन भनिएको छ तर बाटो अप्ठ्यारो, रात परिसकेको र हिउँ पनि परिरहेकाले समस्या भैरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

हिउँ परेर हेलिकप्टर उड्नै नसक्ने भएकाले आज शव काठमाण्डौ पठाउन नसकिने पनि उनले बताए । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ ।

ताप्लेजुङको पाथीभरा नजिकैको दारेभिरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेर हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

गृहमन्त्रालयले हेलिकप्टरमा सवार सबै ७ जनाको निधन भएको र सबै शव प्राप्त भएको जानकारी गराएको छ । ताप्लेजुङमा भीआईपी चढेको हेलिकप्टर दुर्घटना भएको यो दोस्रो पटक हो । २०६३ भदौ ७ गते तत्कालिन वन राज्यमन्त्री गोपाल राई र उहाँकी पत्नी मिना राईसहित २४ जनाको ज्यान गएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: