उषा बजगाइ
माननिय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ज्यु मृत्युको खबरले निशब्द छु अाज।
के नै लेख्न सक्छु हजुरका कामहरूलाई नत लेखेर नै देखाउन सकिन्छ लेख्नु भन्दा अघि नै मन भकानिएकाे छ अाखामा अासुकाे भेल बगेकाे छ। मन थिरमा नै छैन के सत्य के असत्य के सपना के विपना ,अाखाले प्रत्यक्ष त देखेकाे छैन जे सुने त्याे सबै असत्य नै हाेस भन्ने कामना गरे तर अन्त्यमा सत्य लाई टार्न सकिएन ।
कास्की जिल्लाकाे भरतपाेखरि गा बि स वडा नं ९ जामुनाबाेटमा पिता इन्द्र प्रसाद र माता लक्ष्मिदेबिकाे काेखबाट २०२६ साल बैशाख २२ गते धर्तिमा पाईला टेक्नु हजुरकाे परिवारमा छाेराकाे अागमन र नेपाल र अामाले वीर याेदा जमाउनु भएकाे थियाे।
कास्कीको भरतपाेखरिमा जन्म लिई संघर्ष गदै धेरै नेपालिकाे मनमष्तिकमा एउटा निश्चित ठाउँ बनाई सक्नु भएकाे थियाे । देशका निम्ति धेरै याेगदान गदै धेरै काममा हातेमालो गदै २०३६ साल देखि बिध्यार्थि राजनीति मार्फत नेपाली राजनीतिमा प्रवेश गर्नु भएकाे थियाे। सानै बेला देखि , देशमा केही गर्नु पर्छ भन्ने भावना मन्त्री रबिन्द्रमा थियाे।
बिधालय देखि नै राजनीतिक बिषय बस्तुमा चासाे राख्ने उहाँ २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति हुनु भयाे भयाे उहाँको राजनैतिक परिबेशलाई हेर्ने हाे भने धेरै क्षेत्रमा उहाँको अहम भुमिका छ २०४५ सालमा १ बर्ष माध्यामिक बिधालयमा अध्यापन गर्नु भयाे र २०४५ सालमा नै फेरि स्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य हुनु भयाे र कास्की जिल्ला कमिटीको अध्यक्ष पदमा र यसै गरि विभिन्न क्षेत्रमा आबद्ध हुनु भयाे ।
उहाँले बिध्यार्थिको हकहितका लागि शिक्षामा भएकाे निजिकरण र व्यापारिकरण बिरूदमा लामाे समय संघर्ष गदै प्रविधिक शिक्षाको बिस्तार र गुणस्तरलाई सुधार गराउनतिर लाग्नु भयाे । उहाँ जस्ताे सुकै अबस्थामा पनि अाफनाे पढाईलाई मध्य नजर गदै हरेक व्यक्तिको मनमष्तिषकमा लाेकप्रिय बन्नु पर्छ भने ज्ञान दिनुहुन्याे । देश बिकासमा क्रान्तिकारि योद्धा बन्नु भएका मन्त्री अधिकारी जसले अाफ्नाे जिवनको अन्तिम दिन पनि राष्ट्र निर्माणमा याेगदान पुयाएर हामिलाई छाेडेर जानू भयाे।
बिकाश समितिकाे सभापति हुदा पनि हुलाकि सडक र पाेखरा विमानस्थल लगाएत अन्य क्षेत्रमा फड्को मारेकाे थियाे।तर बिकासका प्रयत्नशिल काम हुदाहुदै पनि अाज नेपाल अामाले वीर याेदालाई बिदा गर्नु पर्दा धेरै गाह्रो भएको छ। पुरै देश शाेकमा डुबेकाे छ । दैवकाे खेल न टार्न सकिने यदि टार्न मिल्थ्यो भने अाज हजुरकाे मुत्यु हामीले सुइकार गर्नु पर्दैन थियाे ।पुरै देश रूवाबासिमा छ मन्त्री ज्यु तपाईं मरेर गएपनी हजुरका अहम कामलाई नेपाली जनताले कहिल्यै भुल्ने छैनन।
मन्त्री ज्यु,हजुर लगाएत दुघटनामा परि ज्यान गुमाउनु भएका भएका सबै प्रति हार्दिक श्रदासुमन भन्दै परिवारजनमा धैयधारणाको शक्ति मिलाेस ।हजुरलाई सधैं सम्झिने छौ। आसा गरौ नेपाल आमाले फ़ेरि पनि मन्त्री अधिकारी जस्तै सबुतलाइ जन्म दिनेछिन।