विराट कोहलीले बनाए अर्को विश्व रेकर्ड

काठमाडौं, फागुन १६ । घरेलु मैदान पहिलो पटक सिरिज गुमाए पनि भारतीय कप्तान विराट कोहलीले भने केहि व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। अस्ट्रेलियाविरूद्धको दोश्रो टि-२० म्याचमा नटआउट ७२ रन बनाएका कोहलीले यस फर्म्याटमा २२०० रन बनाएको विश्व कीर्तिमान बनाएका छन्।

६७ औं म्याचबाट उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् । २२ सय रन बनाउने उनी दुनियाँका चौथो क्रिकेटर हुन्। उनीअघि भारतकै रोहित शर्मा, न्यूजिल्यान्डका मार्टिन गुप्टिल र पाकिस्तानका शोएब मलिकले २२०० रनको आँकडा छोएका छन्।

याे पनि पढ्नुस  रोहित २०० वान्डे पूरा गर्ने १५औं भारतीय क्रिकेटर

रोहितको नाममा टि-२० मा सर्वाधिक २३३१ रन बनाएको कीर्तिमान छ। उनले ९४ खेल खेल्दै यो रेकर्ड बनाएका हुन्। मार्टिनले ७६ म्याचबाट २२७२ रन बनाएका थिए भने शोएबले १११ म्याचबाट २२६३ रन बनाएका छन्।

६७ म्याचबाट कोहलीको २२६३ रन भएको छ। उनले सर्वाधिक रन बनाउनेमा पाकिस्तानका शोएबसँग बराबरी गरेका छन्। अब उनीभन्दा अगाडी रोहित शर्मा र गुप्टिल रहेका छन्।

याे पनि पढ्नुस  अष्ट्रेलियाविरुद्ध विराट कोहलीको लगातार शतक

यसैगरी विराटले टि-२० मा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमानसँग बराबरी समेत गरेका छन्। ६७ म्याचबाट उनको २२३ चौका पुगेको छ। श्रीलंकाका तिलकरत्ने दिलशानले पनि यति नै चौका प्रहार गरेको रेकर्ड बनाएका छन्। यस्तै, विराटले टि-२० मा औषत ५०.२८ रन बनाएका छन्। यो औसत १५०० रन बनाउने क्रिकेटरमा सबैभन्दा बढि हो। एक हजार रन जोडेका क्रिकेटरमा सर्वाधिक औसत रन हानेको रेकर्ड पाकिस्तानका बाबर आजसम्म ९५२.७२०को नाममा छ।

याे पनि पढ्नुस  ७१ वर्षमा भारतले उल्ट्यायो इतिहास, अष्ट्रेलियामा पहिलोपटक जित्यो सिरिज

विराटको नाममा सर्वाधिक अर्ध शतक बनाउने कीर्तिमान पनि छ। उनले २० अर्ध शतक बनाइसकेका छन्। भारतका रोहित शर्मा १६ अर्ध शतकसहित दोश्रो नम्बरमा रहेका छन्। रोहितले टि-२० मा चार शतक प्रहार गरेका छन् जबकी कोहलीको उच्च स्कोर ९० रन बनाएको रहेको छ।

कमेन्ट गर्नुहोस्