जनप्रतिनिधिमाथि प्रहरीको लाठी चार्ज

धनुषा, फागुन १६ । प्रहरीले जनकपुरधाम उप-महानगरपालिकाका-५ का वडा सदस्यहरूमाथि लाठी चार्ज गरेको छ। वडा अध्यक्षले गरेको क्रियाकलापको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गर्न गएका वडा सदस्यहरूलाई प्रहरीले लाठी चार्ज गरेको हो ।

जनकपुरधाम उप-महानगरपालिका महावीर चोकस्थित वडा नं. ५ को कार्यालय सार्वजनिक बिदाको दिनमा सामाजिक सुरक्षा शाखामा आफ्नो मानिसलाई नियुक्त गर्न खोजेको विरोधमा उनीहरूले तालाबन्दी गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

याे पनि पढ्नुस  शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक : गृहमन्त्री

तालाबन्दी गर्न गएका वडा सदस्य सन्तोष साह, मनोज साह, नाजिर हुसैन लगायतका वडा सदस्यहरूलाई प्रहरीले लाठी चार्ज गर्दै तालाबन्दी गर्न दिएका थिएनन्। तालाबन्दीको प्रयास गर्ने क्रममा उद्योग वाणिज्य संघ जनकपुरधाम उपाध्यक्ष सुरेन्द्र भण्डारीलाई समेत प्रहरीले लट्ठी चार्ज गरेको थियो। प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ।

कमेन्ट गर्नुहोस्