मन्त्री अधिकारीको निधनले युवा आन्दोलनलाई अपूरणीय क्षतिः युवा संघ–वाइसीयल

काठमाडौं, फागुन १६ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाप्रति युवा संघ र वाइसीएल नेपालले शोक वक्तव्य जारी गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनले नेपाली युवाको संगठन युवा संघ नेपाल र वाइसियल नेपाल मर्माहित भएको छ । यो घटनाबाट नेपाली युवा आन्दोलन र सिंगो नेपाललाई अपुरणीय क्षती भएको छ ।’ यस्तै, युवा संघ र वाइसियलले मृतकप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्