वान डे सिरिजः अफगानिस्तानसँग आयरल्याण्ड ५ विकेटले पराजित

काठमाडौं, फागुन १६ । आयरल्याण्ड विरुद्धको पाँच एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको छ । आयरल्याण्डले दिएको १६२ रनको समान्य लक्ष्य ४३.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि मोहम्मद साजदले ४३, जहरतल्लाह जजाईले २५, रहमत शाहले २५, गुबिन्दन नाइभले ४६, निजाबुल्लाह जर्डनले नटआउट १२, कप्तान अश्गर अफगानले अविजीत ७ र हश्मतुल्लाह शाहिदीले ९ रन प्रहार गरे । बलिङमा आयरल्याण्डका ब्याइड र्यान्कीनले २, सीमी सिंह, बेरी म्याककोर्थी र गरिरोगी डकरेलले एक–एक विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्याण्डले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । उसका लागि पौल स्ट्रर्लिङले सर्बाधिक ८९, गिरोगी डकरेलले ३७, केभिन ओब्रायनले १० रन जोड्नुबाहेक अन्यले दोहोर अंकसमेत बनाउन सकेनन् ।

बलिङमा अपगानिस्तानका मुजीबउर रहमान, डलट जर्डनले तीनतीन, गुलबन्दिन नाइबले २, राशिद खान, मोहम्मद नाबी र एक–एक विकेट लिए । आजको जितसँगै अफगानिस्ताले सिरिजमा १–० को अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्