Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

२०७५ सालमा निधन भएका मन्त्री, प्रदेश सांसद र स्थानीय तह प्रमुख

काठमाडौं, फागुन १६ । यस वर्ष दुर्घटना र बिरामीका कारण एक बहालवाला मन्त्री, तीन प्रदेश सांसद, एक मेयर र एक गाउँपालिका अध्यक्षको निधन भएको छ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । ४९ वर्षीय अधिकारी कास्की २ बाट प्रतिनिधिसभामा निर्वाचित थिए ।

अधिकारीसँगै हेलिकप्टरमा सवार सातै जनाको निधन भयो। गत वैशाख ३१ मा भक्तपुर १ ‘क’ का प्रदेश सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो। मस्तिष्कघातका कारण काठमाडौंको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भयो। बागलुङ- २ ‘ख’ का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मंसिर २७ मा निधन भयो। ४६ वर्षीय घर्तीको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा जन्डिसको उपचार क्रममा निधन भएको हो।

यस्तै, सवारी दुर्घटनामा परी दाङ-३ ‘ख’ का प्रदेश सांसद उत्तमकुमार ओलीको फागुन १० गते निधन भयो। ३७ वर्षीय ओली गत माघ २४ गते बुटवलबाट दाङ फर्कदै गर्दा घोराहीको सडक खण्डमा दुर्घटनामा परेका थिए। धरानका मेयर तारा सुब्बाको गत साउन १ गते निधन भयो। ‘सिभियर निमोनियाँ’ का कारण ग्रान्डी अस्पताल भर्ना गरिएका उनको ५२ वर्षको उमेरमा निधन भएको हो। गत माघमा पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भयोे। ७८ वर्षीय नेम्वाङको गत माघ २६ गते पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा एक्कासि ढलेपछि उपचारका लागि लैजाने क्रममा निधन भयो।

२०७४ पुस ३० गते संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको पनि जिप दुर्घटनामा निधन भयो। रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न सकेको छैन। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: