पूर्वमन्त्री शर्माले टुँडिखेल पुगेर भने ‘हार्दिक श्रद्धाञ्जलि मित्र रवीन्द्र’

काठमाडौं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ ले टुँडिखेलमा पुगेर दिवंगत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

श्रद्धाञ्जलि अर्पण गरेपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा मार्मिक स्ट्याटस लेखेका छन्। उनले मृत्युमाथि प्रश्न गर्दै त्यसको उत्तर पनि आफैँले दिएका छन्। पछि उनले मृत्युलाई परिभाषित गर्दै फेसबुकका पनि अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले अनिवार्य मृत्यु र अनिश्चित समयका कारण अत्यान्त ऊर्जावान र सबैका प्रिय जननेतालाई बिदा गर्न बाध्य भएको उल्लेख गरेका छन्।

याे पनि पढ्नुस  रवीन्द्रसँग चुनाव हारेका चालिसे भन्छन्, ‘कास्कीले तत्काल अर्को रवीन्द्र पाउँदैन’

‘आखिर मृत्यु के हो ? सामान्य परिघटना हो। जस्ले आफन्त र बाचेकाहरुलाई असाधारण पीडा बोध हुन्छ। मृत्यु अनिवार्य भए पनि समय अनिश्चित छ। त्यसैले नै मान्छेलाई सक्रिय पारेको छ। मृत्युपछि त सबै सुन्यमा फेरिन्छ जीवन मात्र बाकी रहन्छ जिउदो हुँदा गरेका कर्म। आज अत्यन्त ऊर्जावान हामी सबैका प्रिय जनताका नेता रबिन्द्र अधिकारीलाई बिदा गर्ने बाध्य छौँ। हामीसँग उनले समाज र राष्ट्रका लागि गरेका मूल्यवान योग्दान मात्र बाँकी छन। हार्दिक श्रद्धाञ्जली मित्र रबिन्द्र !!!’ उनले आफ्नो स्ट्याटसमा लेखेका छन्।

याे पनि पढ्नुस  रवीन्द्रसँग चुनाव हारेका चालिसे भन्छन्, ‘कास्कीले तत्काल अर्को रवीन्द्र पाउँदैन’

त्यस्तै, टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणलगायतले मन्त्रीअधिकारीसहित साते जनालाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका छन् ।

याे पनि पढ्नुस  रवीन्द्रसँग चुनाव हारेका चालिसे भन्छन्, ‘कास्कीले तत्काल अर्को रवीन्द्र पाउँदैन’

बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।

कमेन्ट गर्नुहोस्