Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपा नेता भरतमोहन अधिकारी अचेत, भेन्टिलेटरमा राखियो

काठमाडौं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत भएपछि भेन्टिलेटरमा राखिएको छ ।

पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेका ह्याम्स अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: