निर्देशक साम्तेनको चलचित्र ‘चच हुईं’ मा आर्यन

काठमाडौं, फागुन १७ । फरक धारका चलचित्र निर्माणमा रहेका निर्देशक साम्तेन भुटिया पहिलो पटक कमर्शियल फिल्म बनाउन तम्सिएका छन् । ‘लेटर’ बाट निर्देशनमा डेब्यू गरेका उनी चकलेटी अभिनेता आर्यन सिग्देललाई लिएर कमेडी नेपाली कथानक चलचित्र ‘चच हुई’ बनाउँदै छन् ।

यसअघिका चलचित्रमा निकै कम देखिएको आर्यनको कमेडी पाटोलाई यसमा भरपूर देखाउन निर्देशक भुटियाले कम्मर कसेका छन् ।

याे पनि पढ्नुस  घटस्थापनाकै दिन ‘छक्का पञ्जा ३’ प्रदर्शनमा !

तान्द्रो, अनागत, सुस्केरा र साढे सात नेपाली चलचत्रि निर्देशन गरिसकेका उनले यस चलचित्रको छायाँकन सुरु गरिसकेका छन् । आर्यनले भने केही दिनमा सुटिङ सेट ज्वाइन गर्नेछन् । श्रीमती सपना भण्डारी गर्भवती भएका कारण उनी केही दिन श्रीमतीसँग समय विताउन चाहन्छन् । हालै सिक्किमबाट फिल्म ‘हजार जुनीसम्म’ को छायांकन भ्याएर उनी राजधानी फिरेका हुन् ।

याे पनि पढ्नुस  चलचित्र ‘सिन्दूर’ चाइनिज च्यानलमा यसरी भयो प्रसारण

निर्देशक भुटियासहित फिल्मको जम्बो टिम भने छायांकनका लागि काठमाडौंबाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित मार्फा गाउँ प्रस्थान गरिसकेको छ । फिल्म कलाकार भोलाराज सापकोटा र आर्यनको वरिपरि घुम्ने छ । एजिएल इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।

नेपाली चलचित्र ‘चच हुई’ लाई अमृत घले लामाले निर्माण गर्दैछन् । चलचित्रमा संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संयूक्त संगीत रहनेछ । फिल्ममा निर्माण टिमले आर्यनको अपोजिटमा अभिनेत्री मिरुना मगर फाइनल गरेको छ । चलचित्र लालपूर्जा बाट अभिनय यात्रा आरम्भ गरेकी उनको पछिल्लो रिलिज फिल्म रोज हो ।

याे पनि पढ्नुस  'सुश्रीको सम्पति' को शुभ मुर्हत, अाजबाट छायाँकन सुरु (हेर्नुहोस् भिडियो)

चाँडै तेस्रो नेपाली चलचित्र ‘साइनो’ प्रदर्शनमा आउँदै छ ।

कमेन्ट गर्नुहोस्