Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानाध्यापक घरमै लगाउँछन् विद्युतीय हाजिर !

कालिकोट, फागुन १७ । कालिकोटको पचालझरना गाँउपालिका तिखाती-९ को कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बिरेन्द्रबहादुर शाहीले घरमै ल्याएर हाजिर गर्ने गरेको खुलासा भएको छ । सोमबार सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको हाजिर लगाउन उनको घरतिर लाँदै गरेको बायोमेट्कि हाजिर बाटोमा स्थानीय युवाहरुले फेला पारेपछि घरमै विद्युतीय हाजिर लगाउने गरेको खुलासा भएको हो।

स्थानीय देवेन्द्र शाही र पवित्र शाहीले विद्युतीय हाजिर बाटोबाटै जफत गरेर वडा अध्यक्ष जोरे तिरुवालाई बुझाएका छन्। शिक्षकलाई विद्यालयमा नियमित बनाउन गाँउपालिकाले हरेक विद्यालयमा अनिवार्य विद्युतीय हाजिर प्रणाली लागु गरे पनि शिक्षकहरुले यसमा अनियमितता गर्ने गरेको स्थानीय देवेन्द्र शाहीले बताए।

उनले घरमै हाजिर लगाउने प्रधानाध्यापकलाई कारबाहीको माग गर्दै वडा अध्यक्ष जोरे तिरुवालई हाजिरी मेसिन बुझाएको बताए। प्रधानाध्यापक शाहीले सोमबार आफ्नो घरमा शिक्षकहरुको भोज भएकाले घरमै हाजिरी लगाउने मेसिन ल्याउन लगाएको स्वीकारेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: