Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विराट कोहली भन्छन्, ‘म्याक्सवेलको प्रदर्शनमा कसैले केहि गर्न सक्दैन’

एजेन्सी । केही दिनअघि मात्रै अष्ट्रेलिया विरुद्धको टि-२० क्रिकेट सिरिजमा भारत आफ्नै भूमिमा २-० ले पराजित भयो । आफ्नै मैदानमा सिरिज हारेको भारतले भोलिदेखि हुने वान डे सिरिजमा कस्तो प्रदर्शन गर्ला ? यो प्रश्नको जवाफ त पाउँदै गरौंला । टी-२० सिरिजमा भारतले बेहोरेको हारबारे नै चर्चा गरौं अहिले । अष्ट्रेलियासँग सिरिज हारेपछि भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले विपक्षी टोलीको प्रशंसा गरेका छन्।

उनले विशेषगरी अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको खुलेर प्रशंसा गरे। म्याक्सवेलले बुधबार भएको खेलमा नटआउट ११३ रन बनाएर भारतिय बलरहरूलाई आच्छुआच्छु पारेका थिए। सो म्याच भारतले ७ विकेटले गुमाएको थियो।

‘अस्ट्रेलियाले दुईवटै म्याचमा हाम्रो भन्दा राम्रो प्रदर्शन गर्‍यो। उनीहरूले ब्याटिङ तथा बलिङ दुवैमा हामीलाई चित खुवाए। हामीले राम्रो स्कोर बनाएको पनि हो। १९० रनको योगफल कुनै पनि म्याचको हिसाबले राम्रो स्कोर हो तर जब म्याक्सवेलले त्यस्तो खेल प्रदर्शन गर्छन् तब तपाईं धेरै केहि गर्न सक्नुहुन्नु’ विराटले भने। उनले आफ्ना ब्याट्सम्यानहरूको बचाउ पनि गरे।

‘हर टोली जित्ने लक्ष्यका साथ मैदानमा उत्रिन्छ तर जित्नु महत्वपूर्ण हुन्छ। हामी यो भन्दा कडा चुनौती दिन चाहन्थ्यौं तर ओसका कारण हाम्रा ब्याट्सम्यानले चाहेजस्तो गर्न सकेनन्’ कोहलीले थपे।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: