Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘सी डिसाइडस’ अभियान नेपालमा

काठमाडौँ, फागुन । बिना हिचकिचाहट प्रत्येक महिला तथा किशोरीले आफ्नो शरीर, जीवन र भविष्यको बारेमा आत्मनिर्णय गर्ने अधिकार (सी डिसाइडस) विश्वव्यापी अभियान नेपालमा शुक्रबारबाट औपचारिकरूपमा सुरु गरिने भएको छ ।

वियोङ्ग बेइजिङ कमिटि (बीबीसी) नामक संस्थाको संयोजकत्वमा नेपालमा उक्त अभियान सुरू गर्न लागिएको हो ।

सी डिसाइडस्ले एसिया प्रशान्त क्षेत्रका अभियान्तासहितको सहभागितामा काठमाडौँमा शुक्रबार र शनिबार यस अभियानका बारेमा चेतना जगाउने कार्यक्रमको आयोजना गरिनेछ । अभियानका अवसरमा २५ देशका २५ वर्ष उमेर पुगेका २५ जना युवाको अवस्था पनि सार्वजानिक गरिनेछ ।

वीबीसीका अध्यक्ष शान्ता श्रेष्ठले नेपाली महिला वा किशोरीको शरीर र जीवन अधिकारको सुनिश्चित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालमा उक्त अभियानको थालनी गर्न लागिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: