मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

पोखरा, फागुन, १७ । ताप्लेजुङको दारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा समापन गरिने भएको छ ।

पोखराको प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा बोल्दै अधिकारीका बालसखा धनराज आचार्यले उक्त कुरा बताएका हुन् ।

आचार्यले पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासमा उनको काजकिरिया ७ दिनमा र्यले बताए ।

मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए ।

त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उनले श्रद्धाञ्जली सभामा जानकारी दिए । उनका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।

पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: