Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वाइडबडीमा रवीन्द्र अधिकारीलाई मुछ्नु दुखदः प्रधानमन्त्री

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री केपी ओलीले वाइडबडी खरिद प्रक्रियामा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीलाई मुछ्नु दुखद् भएको बताएका छन् । अधिकारीको शोक प्रस्ताव पारित गर्न नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले बदनाम गर्न खोजेको बताए ।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको विषय वाइडबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो’ उनले भने, ‘उनले कुनै लोभलालचका लागि होइन र उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।’

वाइडबडीमा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भनेका छन्, ‘मलाई दुःख लाग्छ कि उहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छना लगाउने र अपमान गर्ने कामहरु पनि भयो । मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको उनले दाबी गरे ।’ छ वटा विमास्थलमा रात्रि उडान सञ्चालन गर्ने, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: