Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानले केही छिनमै भारतीय विमान चालक हस्तान्तरण गर्दै (लाइभ)

काठमाडौँ, फागुन १७ । भारतका विङ कमाण्डर अभिनन्दन वर्धमानलाई पाकिस्तानले केही समयमै भारतलाई सुम्पिने भएको छ ।

वर्धमानलाई पाकिस्तानले बुधबार नियन्त्रणमा लिएको थियो ।

बिहिबार पाकिस्तानी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्तिको पहलका लागि भारतीय युद्धक विमान चालक वर्धमानलाई भारतलाई हस्तान्तरण गरिने बताएका थिए ।

साथै इमरानले यसलाई पाकिस्तानको कमजोरीको रूपमा नबुझ्न समेत चेतावनी दिएका थिए ।

अहिले पन्जाबस्थित वाघा सीमामा उनलाई सुम्पिने कार्यक्रम रहेको छ । त्यहाँ हजारौंको संख्यामा भारतीय नागरिकहरूको उपस्थिति रहेको छ ।

भारतले वाघा सीमामा १९५९ देखि आयोजना हुँदै आएको बिटिङ रिट्रिट रद्द गरेको छ । भारतीय मिडियाले यस सुपुर्दगीलाई भारतको विजयको रूपमा प्रचारित गरिरहेको छ भने पाकिस्तानका टिभी च्यानलहरूमा पाकिस्तानको कुटनीतिक जीत बताइंदैछ ।

पाकिस्तानले अभिनन्दनलाई रिहा गर्न औपचारिक कार्यक्रमको तैयारी गर्दैछ । पाकिस्तानी टेलिभिजनहरूले यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

हेर्नुस्:

कमेन्ट गर्नुहोस्

%d bloggers like this: