Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गोदामचौर बलात्कार प्रकरणः संलग्न तीनै जनालाई १० वर्ष कैद

ललितपुर, फागुन १७ । गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकिएको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो ।

अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ।उनीहरुले०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए।

ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०-१० वर्ष कैद सजाय तोकेको छ। चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ। चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: